Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामान्य अंकले बढ्यो नेप्से,साढे ४ अर्ब माथिको कारोबार

सामान्य अंकले बढ्यो नेप्से,साढे ४ अर्ब माथिको कारोबार

आर्थिक पत्र
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौँ ।साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन घटेको बजार आज १.६३ अंकले बढेको हो ।आज सेयर बजार परिसूचक २७०२.११ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ११६ कम्पनीको सेयर मूल्य बढेको छ । आज १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले बढेर ४६३.९८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ । 

    परिसूचक बढेको दिन साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५३ कम्पनीका १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर ६१ हजार १७० पटक खरिद बिक्री हुँदा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार