काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ३ हजार ६०० रूपैयाँले घटेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ८७ हजार १०० रुपैयाँ थियो । आज बुधबार २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य तोलामा १०५ रूपैयाँले घटेर ४ हजार ४८५ रुपैयाँ कायम भएको छ ।

