Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पोल्यान्ड, क्यानडा र मकाउ पठाइदिने भन्दै ४७ लाख ९२ हजार ठगी, चार जना पक्राउ

पोल्यान्ड, क्यानडा र मकाउ पठाइदिने भन्दै ४७ लाख ९२ हजार ठगी, चार जना पक्राउ

आर्थिक पत्र
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्यान्ड, क्यानडा र मकाउ पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट ४७ लाख ९२ हजार रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) सुस्ता गाउँपालिका–१ का २३ वर्षीय सन्देश चौधरी, नवलपुर देवचुली नगरपालिका–५ का ५३ वर्षीय भगवतप्रसाद थारू, चितवन भरतपुर महानगरपालिका–४ की ४० वर्षीया सरस्वती बारघरे र काठमाडौं महानगरपालिका–२९ का ३७ वर्षीय विकास दाहाल रहेका छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार सन्देश चौधरीले पोल्यान्ड पठाइदिने भन्दै २३ लाख रुपैयाँ, भगवतप्रसाद थारूले मकाउ पठाइदिने भन्दै ५ लाख रुपैयाँ, सरस्वती बारघरेले क्यानडा पठाइदिने भन्दै ३ लाख ९२ हजार रुपैयाँ तथा विकास दाहालले क्यानडा पठाइदिने भन्दै १६ लाख रुपैयाँ असुलेका थिए।

    रकम लिइसकेपछि उनीहरूले पीडितलाई विदेश नपठाई सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा चारै जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार