काठमाडौं । मेटलाइफ नेपालले सीमित अवधिका लागि विशेष अभियान सञ्चालन गर्दै आफ्ना ग्राहकहरूलाई व्यतित बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको छ । ग्राहकहरूले यो सुविधा वान बाई मेटलाइफ एप वा नजिकको शाखा कार्यालयमार्फत प्राप्त गर्न सक्नेछन् ।
अभियानका मुख्य विशेषताहरू
- पाँच वर्षभित्र व्यतित भएका पोलिसीहरू पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% छुट
- पाँच वर्षभन्दा बढी समयदेखि व्यतित रहेका पोलिसीहरू पुनःसक्रिय गर्दा विलम्बशुल्कमा ७५% छुट
- वान बाई मेटलाइफ एप वा मेटलाइफको शाखा कार्यालयमार्फत सेवा उपलब्ध
- अभियान अवधिः जुन १८ देखि जुलाई १६, २०२६ सम्म ।
यस अभियानमार्फत ग्राहकहरूले अतिरिक्त जरिवानामा बचत गर्दै आफ्नो बीमा सुरक्षा पुनःसुरु गर्न सक्नेछन्। वान बाई मेटलाइफ एप प्रयोग गर्ने ग्राहकहरूले शाखा कार्यालयमा उपस्थित नभई सम्पूर्ण प्रक्रिया सहज रूपमा सम्पन्न गर्न सक्नेछन् ।
एपमार्फत पोलिसी पुनःसक्रिय गर्न ग्राहकहरूले एपमा लगइन गरी माई इन्सुरेस अन्तर्गत रहेको निष्क्रिय पोलिसी चयन गर्नुपर्नेछ । त्यसपछि रेंस्तेट पोलिसी विकल्पमा गई आवश्यक विवरण भरेर अनुरोध पेश गर्न सकिनेछ। ग्राहकहरूले आफ्नो अनुरोधको अवस्था पनि एपबाटै सहज रूपमा हेर्न सक्नेछन्, जसले बारम्बार जानकारी लिनुपर्ने आवश्यकता हटाउँछ ।

