Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भन्सार छली गरी ल्याइँदै गरेका २० लाख रुपैयाँ बराबरका ३५ थान आइफोन बरामद

भन्सार छली गरी ल्याइँदै गरेका २० लाख रुपैयाँ बराबरका ३५ थान आइफोन बरामद

आर्थिक पत्र
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका एप्पल कम्पनीका ३५ थान आइफोन बरामद गरेको छ।

    इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले सोमबार कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट (युपी ५६ डिएक्स ८८३८) को मोटरसाइकल चेकजाँच गर्ने क्रममा विभिन्न मोडलका आइफोन फेला पारेको हो।

    प्रहरीले बरामद गरेका ३५ थान आइफोनको अनुमानित मूल्य करिब २० लाख ५० हजार रुपैयाँ रहेको जनाएको छ।

    बरामद गरिएका आइफोन तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार