Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

जजिरा एयरवेजले पायो भैरहवाबाट सातै दिन उडानको अनुमति

जजिरा एयरवेजले पायो भैरहवाबाट सातै दिन उडानको अनुमति

आर्थिक पत्र
मंगलवार, भाद्र २१ २०७९
  • काठमाडौँ । जजिरा एयरवेजले कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने अनुमति पाएको छ। 

    images

    एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१) गतेदेखि  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सातामा सातै उडान गर्ने अनुमति पाएको हो। 

    नागरिक उड्डयन प्राधिकरणले सोमबार जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको बताएको छ।

    हाल जजिराको एयरबस ३२० निओले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। 

    कुल एक सय ७४ यात्रु क्षमता भएको जहाजमार्फत दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ।

    चाडपर्व नजिकिदैं गरेकाले यात्रु अकुपेन्सी बढेको र उडान संख्या थपेको एयरवेजका सञ्चालन प्रमुख संगीता रौनियारले बताइन्। 

    'रोजगारीमा गएकाहरू दशैं तिहारमा घर फर्कन्छन्, त्यसकारण पनि त्यो समयलाई लक्षित गरेर दैनिक उडान थपिएको छ' उनले भनिन्।

    जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार