काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १३ वटा फाइनान्स कम्पनीले नाफा आर्जन गर्दा ४ वटा अझै घाटामै रहेका छन् । समग्रमा चालु आवको साउन देखि जेठ मसान्तसम्म फाइनान्स कम्पनीहरूले ८२ कराेड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा मञ्जुश्री फाइनान्स अगाडि रहेको छ । मञ्जुश्रीले यस अवधिमा २८ करोड ४४ लाख रुपैयाँ नाफा कमाउँदा पोखरा फाइनान्सले १५ करोड ५९ लाख, आइसीएफसी फाइनान्सले १४ करोड १९ लाख, गुडविल फाइनान्सले ८ करोड ९० लाख र गोर्खाज फाइनान्सले ६ करोड ४० लाख रुपैयाँ नाफा आर्ज नगरेको छन् ।
त्यसैगरी, बेस्ट फाइनान्सले ५ करोड ७९ लाख, श्री फाइनान्सले ४ करोड ६९ लाख, गुह्वेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले ४ करोड ६६ लाख, सेन्ट्रल फाइनान्सले ४ करोड २३ लाख, रिलायन्स फाइनान्सले १ करोड ४३ लाख, समृद्धि फाइनान्सले १ करोड १४ लाख, मल्टिपर्पाेज पाइनान्सले १ करोड ९ लाख र नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सले ९ लाख रुपैयाँ नाफा आर्ज नगरेको छ ।
घाटा व्यहोर्ने कम्पनीहरू
चालु आवको यस अवधिसम्म ४ फाइनान्स कम्पनीहरूले घाटा ब्यहोरेका छन् । जसमध्ये सबैभन्दा धेरै घाटा व्यहोर्ने नेपाल फाइनान्स अगाडि छ । नेपाल फाइनान्सको घाटा ७ करोड ९२ लाख रुपैयाँ रहेको छ । जानकी फाइनान्सको ३ करोड ३० लाख, प्रोग्रेसिभ फाइनान्सको २ करोड ७० लाख र क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको घाटा १५ लाख रुपैयाँ रहेको छ ।

