Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेप्सेमा लगातार ओरालो, कारोबार रकम भने बढ्यो

नेप्सेमा लगातार ओरालो, कारोबार रकम भने बढ्यो

आर्थिक पत्र
सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा बन्द भएको छ। यससँगै नेप्से लगातार चौथो कारोबार दिन ओरालो लागेको हो।

    सोमबार सेन्सेटिभ इण्डेक्स ३.०४ अंक, फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंकले घटेका छन्।

    सूचक घटे पनि कारोबार रकम भने बढेको छ। ३६८ वटा स्टकको ५१ हजार २९५ पटकको कारोबारबाट ४ करोड १७ लाख २५ हजार कित्ता शेयर किनबेच हुँदा कुल ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ऋणपत्र कारोबार बढेका कारण कुल कारोबार रकममा वृद्धि भएको हो।

    यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ५.३७ प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ११.२८ प्रतिशतले घटेर सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो।

    कारोबार रकमका आधारमा एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७।८८ शीर्ष स्थानमा रह्यो। यस ऋणपत्रको ४८ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५।८६ र एभरेष्ट बैंक डिबेञ्चर २०९१ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

    बजारका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। सबैभन्दा धेरै २.३० प्रतिशतले व्यापार उपसमूह घट्दा वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा तथा उत्पादन तथा प्रशोधन उपसमूहमा पनि १ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार