Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

मनाइयो महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती

मनाइयो महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती

आर्थिक पत्र
आइतवार, कार्तिक २३ २०८३
  • काठमाडौं– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

    images

    नेपाली साहित्यमा देवकोटाले पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाकै दिन नेपाल, भारतका विभिन्न भूभाग र नेपाली भाषीहरूको बाहुल्य रहेका क्षेत्रहरूमा देवकोटा जन्मजयन्ती मनाउने गरिन्छ । 

    जन्मजयन्तीका अवसरमा काठमाडौंको सञ्चारग्राममा रहेको देवकोटाको शालिकमा माल्यार्पण गरिएको छ । विसं १९६६ साल कात्तिक औँसीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीका साइँला छोराका रूपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सफल सुरुवात गरेका थिए ।

    महाकवि देवकोटाका ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्य र ‘भिखारी’ कवितासङ्ग्रह नेपाली साहित्यका युगान्तकारी कृति मानिन्छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार