Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

आइएमई बिग सावधिक जीवन बीमा योजना सार्वजनिक, केके छन् विशेषता?

आइएमई बिग सावधिक जीवन बीमा योजना सार्वजनिक, केके छन् विशेषता?

आर्थिक पत्र
आइतवार, कार्तिक २३ २०८३
  • काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लक्ष्मीपूजाको पावन अवसरमा कात्तिक २२ गते लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।

    images

    बचत र जीवन सुरक्षालाई एकसाथ समेट्ने यस योजनाले बीमालेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनस मार्फत थप लाभ प्रदान गर्नेछ । यस योजना अन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम, बोनस तथा लोयल्टी बोनस एकमुष्ट प्राप्त हुनेछ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा नियमानुसार बीमाङ्क रकम तथा बोनस र लोयल्टी बोनस भुक्तानी गरिनेछ ।

    योजनाका प्रमुख विशेषताहरूमा सहज बीमाशुल्क भुक्तानी, बोनस तथा लोयल्टी बोनसको लाभ, बीमालेख धितोमा कर्जा सुविधा, प्रचलित कानुन अनुसार कर छुट तथा आकर्षक परिपक्वता लाभ रहेका छन् ।

    यो योजना १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले खरिद गर्न सक्नेछन् । बीमा अवधि १० देखि २५ वर्षसम्म रहनेछ भने न्यूनतम बीमाङ्क रकम रु. २५,००० हुनेछ । साथै, पूरक करार सुविधा अन्तर्गत दुर्घटना मृत्यु लाभ, बीमाशुल्क मिनाहा, आम्दानी सुविधा, एकमुष्ट भुक्तानी तथा काजक्रिया खर्च जस्ता थप सुविधा समेत उपलब्ध हुनेछन् ।

    योजना सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले बीमितलाई दीर्घकालीन बचत र जीवन सुरक्षा सँगै थप लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए । उनले बीमालेखलाई निरन्तरता दिने बीमितलाई प्रोत्साहन गर्दै बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्न यस योजनाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

    कम्पनीले यस योजना मार्फत ग्राहकको दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्दै जीवन बीमाको पहुँच विस्तार र बीमा क्षेत्रको दिगो विकासमा योगदान पुग्ने विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार