Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

नोकिया जी११ प्लस सर्वजनिक

नोकिया जी११ प्लस सर्वजनिक

आर्थिक पत्र
आइतवार, भाद्र २६ २०७९
  • काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सर्वजनिक गरेको छ। 

    images

    कम्पनीका अनुसार जी–सिरिजको सफलतासँगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ।

    एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइश भन्छन्, ‘प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने प्रभावका कारण संसारभरका मानिसहरूले आफ्नो स्मार्टफोनलाई लामो समयसम्म प्रयोग गर्ने गरेका छन्। नयाँ नोकिया जी११ प्लसमा उपभोक्ताहरूलाई लामो समयसम्म टिक्ने ३ दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको छ।  हामी हाम्रो गुणस्तरीय निर्माणमा प्रतिबद्ध हुन पाउँदा गर्व गर्छौं।’

    ३-६४ जीवीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य रु. १९ हजार ४९९ रहेको छ। निलो रंगमा उपलब्ध नोकिया जी११ प्लस आज बाट नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार