Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्तो छ आजको फलफूल तथा तरकारी मुल्य

यस्तो छ आजको फलफूल तथा तरकारी मुल्य

आर्थिक पत्र
मंगलवार, आश्विन ११ २०७९
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्कूसको मूल्य सबैभन्दा सस्तो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने कुरीलोको भाउ बढेर ९०० रुपैयाँ पुगेको छ । यो समितिले प्रकाशित गरेको मूल्यसूचीअनुसार सबैभन्दा महङ्गो तरकारी हो । 

    त्यस्तै आज अदुवाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९० रुपैयाँ, लोकल काक्रो ५५ रुपैयाँ, कागती २४० रुपैयाँ, किवि ३२५ रुपैयाँ, केरा १२५ रुपैयाँ, अकबरे खुर्सानी ९६ रुपैयाँ ६७ पैसा रहेको छ । 

    यसैगरी तराई गाजरको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, घिरौला ६५ रुपैयाँ, चिचिण्डो ४३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २३३ रुपैयाँ ३३ पैसा र डल्ले च्याउ ४२५ रुपैयाँ रहेको छ । 

    यसैगरी आज माछाको भाउ प्रतिकेजी २४५ रुपैयाँदेखि ३४६ रुपैयाँ ६७ पैसासम्म पर्नेछ भने तामा र तोफु १०६ रुपैयाँ ६७ पैसा, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, निबुवा ४५ रुपैयाँ, परवर ४७ रुपैयाँ ५० पैसा, पिंडालू ४७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तने बोडी ९२ रुपैयाँ, ब्रोकाउली ३३३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भन्टा डल्लो ६५ रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, भेडे खुर्सानी ११५ रुपैयाँ, सेतो मूला ३५ रुपैयाँ, रायोको साग ११६ रुपैयाँ ६७ पैसा, लप्सी ५५ रुपैयाँ, सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा र हरियो धनिया १७५ रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार