Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

आठ महिनामा पर्यटन क्षेत्रको आय साढे १४ अर्ब

आठ महिनामा पर्यटन क्षेत्रको आय साढे १४ अर्ब

आर्थिक पत्र
बुधवार, बैशाख ७ २०७९
  • काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको जनाएको छ । 

    images

    कोरोना महामारीको जोखिम कम भएसँगै बढेको पर्यटकको संख्याले पर्यटन क्षेत्रको आय बढेको मन्त्रालयले जनाएको हो । 

    सन् २०२२ को मार्चसम्म नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७८ हजार ७४७ पुगेको छ । 

    गत वर्षको सोही अवधिमा कोरोना महामारीका कारण उक्त संख्या ८५ प्रतिशतले कमी आई ३२ हजार ९९७ रहेको थियो । 

    गत आर्थिक वर्षको पहिलो आठ महिनामा कोरोनाका कारण नेपाल आउने पर्यटकको संख्यामा कमी आउँदा पर्यटन क्षेत्रको आय ९१.६ प्रतिशतले कमी आई ७ अर्ब २६ करोड रुपैयाँमा झरेको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार