Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता

हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता

आर्थिक पत्र
बिहिवार, आश्विन १३ २०७९
  • काठमाडौं । हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच बिहीबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

    images

    सम्झौताअनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटी चेक इन (Priority Check-in) सुविधा प्रदान गर्ने भएको छ।

    यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रा.लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरेका छन्।

    हाल बैंकले नेपालभरि फैलिएका ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटिएम र ६ हजारभन्दा बढी पिओस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ।

    विश्वभर प्रचलनमा रहेको अमेरिकन एक्सप्रेस, मास्टरकार्ड, भिसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन नेपालको एक मात्र बैंक हो।

    यसैगरी भिस्तारा एयरलाइन्सले भारतभित्र तथा बाहिर गरी ३९ गन्तव्यमा आफ्ना ५० वटा जहाजबाट दैनिक २५० भन्दा बढी उडान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार