Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

भैरहवाबाट उडान सुरू गर्न वीजलाई अझै एक महिना लाग्ने

भैरहवाबाट उडान सुरू गर्न वीजलाई अझै एक महिना लाग्ने

आर्थिक पत्र
आइतवार, कार्तिक १३ २०७९
  • काठमाडौं । वीज एयरलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू गर्न अझै एक महिना लाग्ने भएको छ। 

    images

    नेपालमै पहिलो पटक उडान गर्न लागेको वीजले उडानका लागि तयारी गर्न बाँकी रहेकाले अझै समय लाग्ने भएको हो।  

    अपरेशनल सेफ्टी एसिसमेन्ट (ओएसएस) का लागि अझै केही समय लाग्ने भएकाले वीजले एक महिनापछि मात्र उडान सुरू गर्ने तयारी गरेको नागरिक उड्डयन प्राधिकरणलाई जनाएको छ। 

    वीजको ग्राउन्ड अपरेशनल सेफ्टी, टेक अप ल्यान्डिङ लगायत अपरेशनल सेफ्टी एसिसमेन्ट नभएकाले अझै एक महिना लाग्न सक्ने जानकारी गराएको प्राधिकरणले बताएको छ। 

    यसअघि वीजले अक्टोबर ३० (आज) देखि उडान सुरू गर्ने तयारी गरेको थियो। 

    युएइको राजधानी आबुधावीबाट भैरहवाका लागि वीजले सातामा तीन उडान गर्न प्राधिकरणबाट अनुमति लिइसकेको छ। 

    वीजले एयरबसको ३२१ निओ सिरिजको विमान सञ्चालनमा ल्याउने तयारीमा छ। एक सय ९० सिट क्षमताको यो जहाजले नेपालमा पहिलोपटक उडान गर्न लागेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार