Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

नेपाल वायुसेवा निगमको दिल्ली उडान आज पनि रोकियो

नेपाल वायुसेवा निगमको दिल्ली उडान आज पनि रोकियो

आर्थिक पत्र
सोमवार, कार्तिक १४ २०७९
  • काठमाडौं । नेपाल वायुसेवा  निगमको दिल्ली उडान आज पनि प्रभावित भएको छ । बिहान ८ बजे नै उडान भर्ने भनिए पनि प्रभावित हुँदा १ सय ५० जना यात्रु रोकिएका छन् । तर १ सय ५० जनालाई हिजो नै खबर गरेकाले विमानस्थलमा हिजो जस्तो नाराबाजी छैन ।  हिजो पनि उडान रोकिँदा २ सय ७४ यात्रु दिल्ली जान पाएका थिएनन् ।

    images

    रोकिएका यात्रुलाई दिल्ली उडान गर्ने अरु एअरलाइन्स र निगमकै जहाजमार्फत पठाउने तयारी छ । तर उडान कम, यात्रु धेरै हुँदा समस्या भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ।

    नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको तालिका अनुसार निगमले काठमाडौंबाट अब हप्तामा १० वटा उडान मात्र दिल्ली भर्न पाउँछ ।  चार वटा उडान भैरहवाबाट गर्नुपर्छ । तर यो निर्णयकाे अटेरी गर्दै १४ वटै उडान काठमाण्डौबाट गर्न खोज्दा यात्रुले दु:ख पाएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार