Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

हिमालय एयरलाइन्सले भैरहवाबाट हप्तामा सातै दिन उडान भर्ने

हिमालय एयरलाइन्सले भैरहवाबाट हप्तामा सातै दिन उडान भर्ने

आर्थिक पत्र
शुक्रवार, कार्तिक १८ २०७९
  • काठमाडौं । हिमालय एयरलाइन्सले बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ ।  जहाजले बिहीबारै भैरहवाबाट १३८ जना यात्रु लिएर मलेसिया गएको छ । 

    images

    कम्पनीले बिहीबारबाट मलेसियातर्फ उडान सुरु गरेको हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब काठमाडौं-मलेसिया, भैरहवा- मलेसिया उडान सुरु भएको छ ।

    कम्पनीले भैरहवाबाट उडान गर्ने वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय दरभाउ मै हवाई इन्धन उपलब्ध गराइदिन प्राधिकरणसमक्ष आग्रह गरेको छ । कम्पनीले एयरबस ३२० को जहाजमार्फत उडान भरेको थियो । हिमालयन एयरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाइरहेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार