Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको एक वर्षको आम्दानी १४ करोड, खर्च ८ करोड

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको एक वर्षको आम्दानी १४ करोड, खर्च ८ करोड

आर्थिक पत्र
आइतवार, कार्तिक २० २०७९
  •  काठमाडौं । गत २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष (आव) २०७८/७९ मा १४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

    images

    विमानस्थल कार्यालयको तथ्यांक अनुसार यस आवमा आन्तरिक उडान सेवाबाट १२ करोड ८५ लाख ८७ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय उडान सेवाबाट १ करोड ५ लाख ५० हजार रुपैयाँ गरी कुल १३ करोड ९१ लाख ३७ हजार रुपैयाँ आम्दानी भएको छ । यस अवधिमा खर्च भने ८ करोड २८ लाख रुपैयाँ बराबरको भएको छ ।

    विमानस्थलले १ करोड २४ लाख ९८ हजार रुपैयाँ पूँजीगत र ७ करोड ३ लाख रुपैयाँ चालु खर्च गरेको तथ्यांक छ ।

    २ जेठमा अन्तर्राष्ट्रिय उडान सुरु भएको यो विमानस्थलमा आन्तरिक उडान भने १७ फागुनदेखि नयाँ धावनमार्गबाट सुचारु भएको हो । त्यसअगाडि पुरानो धावनमार्गबाट आन्तरिक उडान भइरहेको थियो । कार्यालयका अनुसार अहिले दैनिक १८ देखि २५ वटा उडान यस विमानस्थलबाट भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार