काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (मंसिर १५ गते) दिनभर उडान प्रभावित हुने भएको छ । थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले विमानस्थलमा आज दिनभर क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान गर्ने हुनाले दिनभरको उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ । एरो थाइले ११ बजेबाट क्यालिब्रेसन उडान सुरु गरेको छ । यो उडान बेलुका ५ बजेसम्म हुनेछ ।


