Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

टान गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचित

टान गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचित

आर्थिक पत्र
सोमवार, पौष ४ २०७९
  • पोखरा । ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचित भएका छन् । टानको २९औं वार्षिक साधारणसभाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो ।

    images

    समितिको प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा दिवस लामिछाने, सचिव तीर्थराज सुबेदी, सहसचिव गोपाल संग्रौला र कोषध्यक्षमा महोन प्रसाद सुवेदी निर्वाचित भएका छन् । 

    सदस्यमा दीपकराज सापकोटा, प्रकाश पौडेल, सुरज गुरुङ, माधव प्रसाद खनाल, भुपेन्द्र लामा र विश्वराज अधिकारी चयन भए । द्वितीय उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा निर्वाचन भएको थियो भने अन्य पदाधिकारी निर्विरोध चयन भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार