Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

बुटवलमा भोलिदेखि खाना महोत्सव हुने

बुटवलमा भोलिदेखि खाना महोत्सव हुने

आर्थिक पत्र
बिहिवार, पौष १४ २०७९
  • बुटवल। बुटवलमा पर्यटन प्रवद्र्धन गर्दै मौलिक र चलनचल्तीका खानाका परिकार पस्किन शुक्रवारदेखि सडक खाना महोत्सव हुने भएको छ ।

    images

    होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीले विभिन्न परिकारलाई एकै थलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले शुक्रवारदेखि ३ दिने खाना महोत्सव गर्न लागेको हो । 

    बुटवल उपमहानगरपालिका–९ तीनकुने चोकदेखि माथि नयाँ बसपार्कसम्म निर्माणाधीन कालिकापथ सडकको दायाँबायाँ आयोजना गरिने महोत्सवमा विभिन्न खानाका परिकार सहितका १०० बढी स्टल राखिनेछन् ।

    संघका अध्यक्ष रामप्रसाद गौतमले साँझ ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने सडक खाना महोत्सवको शुक्रवार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । सडक खाना महोत्सवले बुटवलमा होटल व्यवसाय प्रवर्द्धनका लागि सघाउ पुर्‍याउने अध्यक्ष गौतमले बताए । संघले यसअघि २०७५ सालमा पहिलो र २०७६ सालमा दोस्रो सडक खाना महोत्सव आयोजना गरेको थियो । 

    कोभिड महामारीका कारण पछिल्ला २ वर्ष खाना महोत्सव आयोजना हुन नसकेकोमा गत वैशाख १ गते बुटवलकै हिलपार्कमा तेस्रो खाना महोत्सव आयोजना गरेको थियो । यसपालि चौथो पटक सडक खाना महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए । संघका महासचिव माधव खनालले सडक खाना महोत्सवले सुस्ताएको पर्यटन व्यवसायलाई जगाउने र आर्थिक क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

    पछिल्लो समय बुटवलमा पर्यटन प्रवद्र्धनका कार्यक्रमले तीव्रता पाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार