Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

रेसुंगा विमानस्थलमा भोलि ‘डेमोस्ट्रेसन’ उडान

रेसुंगा विमानस्थलमा भोलि ‘डेमोस्ट्रेसन’ उडान

आर्थिक पत्र
शनिवार, पौष २३ २०७९
  • गुल्मी। गुल्मीको रेसुंगा विमानस्थलमा आइतबार नमुना (डेमोस्ट्रेसन) उडान गरिने भएको छ।

    रेसुंगा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो। 

    डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भएको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए। 

    उनले आइतबार बिहान ११ बजे डेमोस्ट्रेसन उडानको गरिने बताए। 

    उक्त जहाज काठमाडौंबाट गुल्मी आइपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ।

    आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। 

    जहाजमा गुल्मीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्णराज विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसमेत आउने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार