Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउँदै, सकियो टावरको सिभिल काम

लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउँदै, सकियो टावरको सिभिल काम

आर्थिक पत्र
शनिवार, पौष ३० २०७९
  • रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ ।

    शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरूको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताए। 

    'केबलकार टावरहरूको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ। टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको कुरा जानकारी गराउन चाहन्छु', उनले भने।

    उनले केवलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरूको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ नौ वटा टावरमध्ये सात वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी दुई वटा टावर जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए। 

    त्यस्तै, टप स्टेशनमा केवलकार उपकरणहरूको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केवलकार उपकरणहरूको जडान कार्य अगाडी बढी रहेपनि उनले बताए। 

    साथै उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरूको निर्माण तथा जडान गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको समेत बताए।

    यो केवलकार परियोजनाको निर्माण कार्य २०७८ साल पुस महिनामा सुरू भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार