Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

शुक्रबारदेखि बुद्ध एयरले काठमाडौं–तुम्लिङटार उडान गर्ने

शुक्रबारदेखि बुद्ध एयरले काठमाडौं–तुम्लिङटार उडान गर्ने

आर्थिक पत्र
मंगलवार, माघ ३ २०७९
  • काठमाडौं । बुद्ध एयरले काठमाडौं–तुम्लिङटार उडान गर्ने भएको छ। 

    images

    बुद्धले एटिआर–७२ जहाजबाट आगामी शुक्रबार (जनवरी २०) देखि काठमाडौं–तुम्लिङटार दैनिक उडान गर्ने जनाएको छ।

    यसका लागि नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई उडान अनुमति दिइसकेको छ। 

    पहिलो चरणमा एटिआर–७२ ले दैनिक एक उडान गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनकाअनुसार मार्चपछि भने बुद्धले दैनिक दुई उडान गर्ने छ।

    बुद्धले हाल एटिआर–४२ जहाजबाट यो गन्तव्यमा उडान सेवा दिँदै आएको छ। 

    अब ठूलो जहाजबाट उडान हुँदा यात्रुलाई भाडा दर पनि थप सस्तो र उडान सरल हुने कम्पनीको विश्वास छ। 

    बुद्धले काठमाडौंबाट तुम्लिङटारमा बिहान ९:५० बजे र तुम्लिङटारबाट काठमाडौं बिहान १०:४५ बजे उडान गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार