Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

भारतीय पर्यटन व्यवसायी नेपालगञ्जमा

भारतीय पर्यटन व्यवसायी नेपालगञ्जमा

आर्थिक पत्र
आइतवार, माघ १५ २०७९
  • बाँके । नेपालगञ्जमा आजदेखि सुरु हुने वेष्टर्न ट्राभल मार्टमा सहभागी हुन भारतीय पर्यटन व्यवसायी नेपालगञ्ज आइपुगेका छन् । शनिबार राती साढे १२ बजेतिर टुरिजम एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई)को नेतृत्वमा भारतीय पर्यटन व्यवसायी नेपालगञ्ज आइपुगेका हुन् ।

    ६६ जनाको संख्यामा भारतीय पर्यटन व्यवसायी नेपालगञ्जमा आइपुगेका हुन् । गोरखपुर, वाणरासी, र नखनउमा सेल्स मिसन सम्पन्न गरेर नेपाल पर्यटन बोर्ड र नाट्टाका अधिकारीसँगै भारतीय पर्यटन व्यवसायी शनिबार मध्यरातपछि सडक यात्रामार्फत रुपडिया सीमामार्फत नेपाल आएका हुन् ।

    भारतीय पर्यटन व्यवसायीलाई आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, नाट्टाका पूर्व केन्द्रीय अध्यक्ष अच्युत गुरागाईं, पर्यटन प्रवर्द्धन मञ्च नेपालगञ्जका संयोजक कृष्ण श्रेष्ठ लगायत नेपाली पर्यटन व्यवसायीले मध्यरात नै रुपडिया पुगेर स्वागत गरेका हुन् ।

    भारतबाट आएका उनीहरु कार्यक्रम हुनेस्थल होटल सिद्धार्थ पुगेर नेपाली पर्यटन व्यवसायीसँग केही समय अन्तरक्रियासमेत गरेका थिए । यति ठूलो संख्यामा भारतीय पर्यटन व्यवसायी पहिलोपटक नेपाल आइपुगेका हुन् ।

    नेपालगञ्जमा सुरु हुने ट्राभल मार्टमा सहभागी भएर उनीहरु सोमबार बुद्ध एयरको जहाज चढेर पहिलोपटक हुन लागेको माउन्टेन फ्लाइटमार्फत जहाजबाटै कैलाश मानसरोवरको दर्शन गर्नेछन् । आयोजक नाट्टा बाँकेले नै पहिलोपटक नेपालगञ्जबाट मानसरोवर माउन्टेन फ्लाइट गर्न लागेको हो ।

    सोमबार माउन्टेन फ्लाइटपछि उनीहरु बर्दिया ठाकुरद्धारामा हुने कार्यक्रममा पनि सहभागी हुनेछन् । नेपालगञ्जमा आयोजित दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्टमा पहिलोपटक ठूलो संख्यामा भारतीय टूर अपरेटर आएपछि यसले पश्चिम नेपालको कर्णाली, लुम्बिनी र सुदूरपश्चिमको पर्यटन व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ ।

    ट्राभल मार्टमा आएका भारतीय पर्यटन व्यवसायीलाई नेपालगञ्जको होटल सोल्टी, सिद्धार्थ लगायत होटलमा राखिएको छ । मार्टमा सहभागी हुन सातै प्रदेशका पर्यटन व्यवसायी नेपालगञ्जमा छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार