Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हरियो तरकारी र फलफूलको आजकाे मुल्य

हरियो तरकारी र फलफूलको आजकाे मुल्य

आर्थिक पत्र
आइतवार, माघ २९ २०७९
  • काठमाडौ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफुल तथा तरकारीकाे मुल्य सावर्जनिक गरेकाे छ ।

    जसअनुसार आईतबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ३५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १५० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १८ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भइइरहेकाे समितिले जनाएको छ ।

    आईतबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्ये च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १५० रुपैयाँ, तोरी र रायोको साग ३० रुपैयाँ मुठा, जिरा सागको ४० रुपैया, चम्सुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा पाइन्छ ।

    यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ८० रुपैयाँ, भारतीय सुकेको प्याज ३८, रुपैयाँ, हरियो प्याज ६० रुपैयाँ, नेपाली सुकेको लसुन ८० र हरियो लसुन ६० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ५०० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ रहेको छ ।

    यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३४० रुपैयाँ केजीमा खरिदबिक्री भइरहेको  समितिले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार