Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पर्यटकको रोजाइमा शान्ति स्तूपा

पर्यटकको रोजाइमा शान्ति स्तूपा

आर्थिक पत्र
मंगलवार, फाल्गुण ३० २०७९
  • लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ४ स्थित पुरानकोट गढीमा निर्माण भएकोक बौद्ध धर्मावलम्विहरुको पवित्र धार्मिकस्थल शान्ति स्तुपा पर्यटकको रोजाई बनेको छ ।

    निर्माण सम्पन्न चरणमा पुगेको सो स्तुपामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि शान्ति स्तुपा पर्यटकको रोजाई बन्न थालेको हो ।

    स्तुपाको ९५ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको प्राविधिक ईन्जिनियर हरिश्चन्द्र बस्नेतले जानकारी दिए । बेसीशहरबाट ऐतिहासिक, पर्यटकीय क्षेत्र गाउँशहर कालिका मन्दिर, काउँलेपानी हुदै पुरानकोट गढी स्थित शान्तिस्तुपा पुगिन्छ । 

    निर्माण कार्यको अन्तिम चरणामा पुगेको स्तूपामा दैनिक आन्तरि तथा बाह्य पर्यटक समेत आउने गरेका छन् । वडा नं. ३ का वडा अध्यक्ष चित्रबहादुर दनाईका अनुसार गाँउशहरको कालिका मन्दिर र काउलेपानीमा घुम्दै रमाउँदै पर्यटकहरु शान्ति स्तुपासम्म पुग्ने गर्छन् ।

    धार्मिक तथा प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा शान्ति स्तुपा निर्माण गर्ने सोचका साथ नगरपालिकाले एक करोड ४९ लाख र नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको दुई करोड ७७ लाख रुपैयामा शान्ति स्तुपाको निर्माण भइरहेको बेसीशहर नगर प्रमुख गुमानसिंह अर्यालले बताए।

    निर्माण कार्य अन्तिम चरणमा पुगेको र निर्माणधिन अबस्थामा पनि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको नगरप्रमुख अर्यालको भनाई छ । स्तुपाको सबै काम सकिएको र स्तुपाको वरिपरी ढुङ्गा छाप्न मात्र बाँकी रहेको छ ।

    वरिपरी लालिगुराँशको जंगल र दायाबाया तर्फ यशोब्रम्हा शाहको दरबारको भग्नावेश रहेको छ । 

    यशोब्रम्हा शाहको राजारानीको भग्नावेशका रुपमा रहेको दरबार सरंक्षणका लागि बेसीशहर नगरपालिका ३ ले समेत दुई लाख बजेट विनियोजित गरेको छ । 

    पर्यटकलाई खाना तथा खाजाका लागि नगरपालिकाले क्यान्टिन निर्माणगरी भाडामा दिने तयारी समेत गरेको छ । बेसीशहर नगरपालिकाले शान्तिस्तुपासम्म पुग्ने मोटरबाटोका लागि २१ लाख खर्च गरेको छ ।

    बेसीशहरबाट–काउलेपानि–पुरानकोट गढीसम्म १६ किलोमिटर रहेको छ । शन्ति स्तुपासँगै पार्क, भ्यू टावर र वरिपरी रहेको प्रकृती सुन्दरताले पर्यटक बढाउन सहयोग प-याउने नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले बताइन ।

     शान्ति स्तुपाको वरिपरी लालिगुराशको जंगल भएकोले यो फुल्ने सिजनमा शान्ति स्तूपामा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटका आउने विश्वास बेसीशहर नगरपालिकाको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार