Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

दराजले सुरू गर्‍यो सामसङ ग्यालेक्सी एम०४ को डेलिभरी

दराजले सुरू गर्‍यो सामसङ ग्यालेक्सी एम०४ को डेलिभरी

आर्थिक पत्र
आइतवार, चैत्र ५ २०७९
  • काठमाडौं । दराज नेपालले नयाँ रिलिज भएको सामसङ ग्यालेक्सी एम०४ को डेलिभरी सुरू गरेको छ।

    ग्राहकहरूले अझै सामसुङ ग्यालेक्सी एम०४ दराजबाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्।

    सामसङ ग्यालेक्सी एम०४ सामसुङको पछिल्लो स्मार्टफोन हो जसमा एक टिबिसम्म एक्सपान्ड गर्न सकिनेछ। 

    त्यसैगरी, यो स्मार्टफोन मिडियाटेक हेलियो पि३५ प्रोसेसरद्वारा परिचालित रहेको कम्पनीको भनाइ छ।  साथै यसमा ५,००० एमएएच ब्याट्री र १६.५५ से.मी (६.५ इन्च) एचडी प्लस को डिस्प्ले रहेको छ 

    यसको अर्को आकर्षक विशेषता भनेको एक यसको र्‍याम विस्तार गर्न सकिन्छ। यो स्मार्ट फोन दुई भेरियन्टहरू ४/६४ जिबी र ४/१२८ जिबी उपलब्ध रहेको कम्पनीको भनाइ छ।

    जसको मूल्य १५ हजार ४९९ रुपैयाँ र १७ हजार ४९९ रूपैयाँ तोकिएको छ।

    साथमा यस फोनको खरिदमा ५०० रुपैयाँको दराज भाउचर पनि प्राप्त गर्न सकिने दराजको भनाइ छ। 

    यो फोन दुई रङहरू हरियो र निलो रङमा पाइने कम्पनीले बताएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार