Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

होटल पौवाको ११औं शाखा पोखरामा

होटल पौवाको ११औं शाखा पोखरामा

आर्थिक पत्र
बुधवार, चैत्र ८ २०७९
  • होटल पौवा प्रालीले पोखराको लेकसाइडमा आतिथ्य सेवा सुरू गरेको छ। 

    'जहाँबाट आतिथ्यको सुरूवात हुन्छ' भन्ने मूल मन्त्रलाई आत्मसात गरेको पौवाले नेपालकै पर्यटन उद्योगको लोभलाग्दो प्रमुख गन्तव्य पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ बाट आफ्नो ११औं शाखा सञ्चालनमा ल्याएको हो। 

    पौवाको ११औं शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत्र १० गते बिहान १० बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

    विविध कार्यक्रमका साथ पौवाले शाखा सञ्चालनको औपचारिक शुभारम्भ गर्न लागेको हो। 

    शुभारम्भको अवसरमा यही चैत १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरूबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए।

    उद्घाटन कार्यक्रमसहित विविध कार्यक्रमको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले पौवामा आएर खानाको स्वाद चाख्न सबैलाई आग्रह समेत गरे। 

    ‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो। त्यसमा पनि होटल व्यवसाय झन् बढी मारमा प¥यो। तर, पछिल्लो समय विस्तारै बाह्य पर्यटकहरुको आगमन बढ्न थालेसँगै होटल उद्योगहरू पनि चलायमान हुन थालेका छन्।’ ज्ञवाली भने  

    'होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण छ। तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौ', ज्ञवालीले थपे, 'आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने आफूहरूको अनुभव रहेकै कारण पोखरामा प्रवेश गरेका हौं।' 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार