Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भरतपुरको सिएमटी रिसोर्टले सुरू गर्यो '८४ व्यञ्जन' रात्रिभोज

भरतपुरको सिएमटी रिसोर्टले सुरू गर्यो '८४ व्यञ्जन' रात्रिभोज

आर्थिक पत्र
मंगलवार, चैत्र १४ २०७९
  • भरतपुर, हाकिम चोकस्थित सिएमटी रिसोर्टले 'चौरासी व्यञ्जन' रात्रिभोज कार्यक्रम सुरू गरेको छ।

    नेपाली संस्कृतिमा अतिथि सत्कारका लागि परम्परागत मानिने चौरासी व्यञ्जन भोजलाई रिसोर्टले नियमित कार्यक्रममा समावेश गरेको हो।

    रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेका अनुसार परम्परागत चौरासी व्यञ्जनको संस्कृतिलाई आधुनिक युगका अतिथिको स्वादअनुसार पस्कन लागिएको हो।

    यो चौरासी व्यञ्जन रात्रिभोज हरेक साताको सोमबार राति ७ बजेदेखि साढे १० बजेसम्म सञ्चालन हुनेछ। यसका लागि प्रतिव्यक्ति एक हजार तीन सय रुपैयाँ, दुई जनाको लागि दुई हजार पाँच सय रुपैयाँ र बालबालिका लागि नौ सय ९९ रुपैयाँ तोकिएको छ।

    रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले चौरासी व्यञ्जनमा नेपालको मौलिक र स्थानीय खानाका परिकारहरू समावेश हुने बताए।

    'साकाहारी र मांसाहारी दुवै परिकारहरू यसमा समावेश हुनेछन्,' दवाडीले भने, 'खाना तयार गर्न आवश्यक सामग्रीमा स्थानीय उत्पादनको प्रयोग अधिकतम गर्नेछौं।'

    दुवाडीले चीन र बंगलादेश जाँदा त्यहाँका एक सय बढी परिकारहरू एकै प्याकेजमा राखेको देखेपछि नेपालमा सदियौंदेखि चलेको चौरासी व्यञ्जनको सोच आएको बताउँछन्।

    डेढ वर्षअघि स्थापना भएको यो रिसोर्टले केही महिनाअघि १० हजार रुपैयाँको मेम्बरसिप प्याकेज ल्याएको थियो। यो प्याकेजमा सहभागी हुनेले ६० हजार रुपैयाँभन्दा बढीको सेवा पाइरहेको प्रबन्ध निर्देशक घिमिरेले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार