Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्ताे छ तरकारीको तथा फलफूलको मूल्य

यस्ताे छ तरकारीको तथा फलफूलको मूल्य

आर्थिक पत्र
शुक्रवार, चैत्र १७ २०७९
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार शुक्रबार रातो आलु २३ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो । 

    यसैगरी कालो अंगुर १८०, अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर ११०, आभोकाडो ५००, किवि ४०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन रहेको छ । 

    यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २५० रुपैयाँ रहेको छ ।  ब्रोकाउली ९० रुपैयाँ, काउली स्थानिय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, रायोको साग ६०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ ।

    यस्तैगरी, तामा ९० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, खु्र्सानी सुकेको ४५० रुपैया, हरियो खु्र्सानी ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भन्टा लाम्चो र स्कूस ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । 

    यसैगरी, राजमा घिउ सिमी र तिते करेला ११० रुपैयाँ, प्याज हरियो ५० रुपैयाँ, सुकेको प्याज ३३ रुपैयाँ, भिण्डी १०० रूपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनिया ३० रुपैयाँ र कागती २६० रुपैयाँ प्रतिकेजी रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार