Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिजीको उत्कृष्ट प्रोडक्टका साथ नयाँ बर्ष उपहार योजना

सिजीको उत्कृष्ट प्रोडक्टका साथ नयाँ बर्ष उपहार योजना

आर्थिक पत्र
शुक्रवार, चैत्र १७ २०७९
  • काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुको खुशीयालीमा झनै उमँग भर्न सी.जी. को “नयाँ वर्ष २०८० सी.जी. को, उमँग नयाँपनको” उपहार योजना लिएर आएको छ । 

    यस उपहार योजना अन्तर्गत सी.जी.को यो नया वर्ष, सी.जी. मेरिडिया को उत्कृष्ट उत्पादनहरुमा नयाँपनको उमँग सहित ग्राहकहरुको लागि उपलब्ध छ । यस योजना सँगै ग्राहकवर्गहरुले सी.जी. का अत्याधुनिक सामाग्रीहरुका साथ २३% सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु घर ल्याउन सकिनेछ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै सी.जी. को विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षको उत्सव मनाउन सकिनेछ ।

    यस उपहार योजना अन्तर्गत सी.जी. का विभिन्न उत्पादन जस्तै एन्ड्रोइड टि.भि., स्मार्ट टि.भि., एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।

    यसरी फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत रु.५००० र स्पिलीट् एयर कन्डिशनरमा क्यासब्याक लगायत रु.४००० बराबरको जडान निःशुल्क रहेको छ भने ६५” र ७५” एन्ड्रोइड टि.भि. मा रु. ७५९० बराबरको सी.जी. २.१ स्पीकर उपहार रहेको छ । सेमि–अटोमेटिक तथा टप लोडिङ् वाशिङ मेशिनमा रु. ९२० बराबरको २ के.जी. को एरियल म्याटिक उपहार रहेको छ भने फ्रन्ट लोडिङ वाशिङ मेशिनमा रु. २५०० बराबरको ६ के.जी. को एरियल म्याटिक उपहार रहेको छ । साथै, डबल डोर रेफ्रिजरेटरमा रु.१२६० बराबरको स्टर्म सिरिज फ्राई प्यान, होम फ्राई माइक्रोवेभ ओभनमा रु. २८०० बराबरको कुकिङ किट, स्टिम वाश डिशवाशरमा २ प्याकेट डिशवाशर किट तथा मल्टीडोर र साइड बाइ साइड रेफ्रिजरेटरमा रु. ७०९० बराबरको सी.जी. मेरिडिया भ्याकुम उपहार रहेको छ ।

    यो योजना चैत्र १३, २०७९ देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार