Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एलजीको ३५ प्रतिशतसम्म क्याश ब्याक र विभिन्न उपहारको नयाँ बर्ष अभियान जारी

एलजीको ३५ प्रतिशतसम्म क्याश ब्याक र विभिन्न उपहारको नयाँ बर्ष अभियान जारी

आर्थिक पत्र
शुक्रवार, चैत्र १७ २०७९
  • काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले नयाँ बर्ष २०८० लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान शुभकामना नयाँ बर्षको सम्बन्ध जीवनभरको जारी गरेको छ । यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा आकर्षक क्याश ब्याक र पक्का उपहारहरु प्रदान गरेको छ । 

    यस योजना अन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५% सम्म बढी क्याश ब्याक र पक्का उपहारहरु प्रदान गरेको छ । एलजी होम इन्टरटेन्मेन्ट अन्तर्गतको योजनामा विश्वकै उत्कृष्ट एलजी ओलेड टिभी, एलजी युएचडी टिभी, वाइरलेस स्पीकर, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरुले ३५% सम्म बढी क्याश ब्याक प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरुले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओभन वा एयर फ्रायर, एलजी डबल डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर वा गिफ्ट सेट, एलजी डबल डोर (३६० लिटर सम्म) रेफ्रिजेरेटरको खरिदमा फ्यान, ह्यान्ड ब्लेन्डर वा कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० केजी र माथि) को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (९ केजी सम्म) को खरिदमा डिटरजेन्ट पाउडर, एलजी टप लोड/टिव्न टब वाशिङ मेसिनको खरिदमा केटल वा नन स्टीकी फ्राइ प्यान, एलजी डिस वासरको खरिदमा डिसवासर किट र एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्रायर प्राप्त गर्न सक्नेछन् । त्यस्तै, एलजी माइक्रोवेभ ओभनको खरिदमा ग्राहकहरुले फ्री खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् । यस अफरमा एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्याश ब्याक प्राप्त गर्नेछन् । त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले क्रमश रु ४००० र रु ५००० को निशुल्क स्थापना सेवा पाउनेछन् । यो योजना नेपाल अधिराज्य भरि २०७९ चैत्र १२ गते देखि सीमित अवधीको लागि लागु भैरहेकाे छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार