Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिजी ल्यान्डमार्कमा सपिङ धमाका, ब्रान्डेड सामानमा ८० प्रतिशतसम्म छुट

सिजी ल्यान्डमार्कमा सपिङ धमाका, ब्रान्डेड सामानमा ८० प्रतिशतसम्म छुट

आर्थिक पत्र
शुक्रवार, चैत्र २४ २०७९
  • काठमाडौं । चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर यही चैत्र २५ २०७९ देखि वैशाख २०८० सम्म उपभोक्तामुखी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ ।

    चाडपर्व तथा अन्य खुसियालीको अवसरमा उपभोक्तामुखी प्रवद्र्धन योजना ल्याउने परम्परालाई सुरुदेखि नै निरन्तरता दिँदै आएको सिजी ल्यान्डमार्कले यसपालि ब्रान्डेड सामानमा भारी छुटको अफर ल्याएको जानकारी दिएको छ ।

    ‘सपिङ धमाका’ नाममा सार्वजनिक गरिएको प्रवद्र्धन योजनामा उपभोक्ताले ८० प्रतिशतसम्म छुटमा विश्वविख्यात विदेशी र स्वदेशी ब्रान्डका सामान खरिद गर्न पाउने छन् । तुलनात्मक रुपमा महँगो हुने ब्रान्डेड सामान खरिद गर्न नसक्ने उपभोक्तालाई समेत त्यस्ता सामानमा पहुँच पुगोस् भनेर यस्तो अफर ल्याइएको महा प्रबन्धक उज्वल केसीले बताए ।

    सिजी ल्यान्डमार्कमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय र स्वदेशी ब्रान्डका सामान एउटै छानामुनि किनमेल गर्न पाइन्छ । चितवनमा ब्रान्डेड सामानको फराकिलो संग्रहबाट विकल्प रोज्न पाइने एकमात्र गन्तव्य सिजी ल्यान्डमार्क नै हो । चितवनका अन्य आउटलेटमा किन्न नपाइने सामान यहाँ उपलब्ध रहेको मल मेनेजर केसीको भनाइ छ ।

    यहाँ विश्वविख्यात ब्रान्ड पिटर इंग्ल्यान्ड, जिनीजोनी, युएस पोलो, बेनेटन, लिनिङ, स्केचर्स, युसुप्सो, पेपे जिन्स, मेडम, कन्भर्स, भ्यान्स, एप्पल, सामसङ, एलजी, ब्ल्याक क्याट, केएफसी, ब्रोकेड, टे«सर, सेमीर, मिनिक्लब, योनेक्सलगायतका अथोराइज्ड आउटलेटहरु छन् । सिजी ल्यान्डमार्कमा फेसन ब्रान्डदेखि गजेट्ससम्म, खानेकुरादेखि खेलकूदका सामग्रीसम्मका विश्व प्रशिद्ध ब्रान्ड पाउन सकिनछ ।

    यहाँ अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका स्वदेशी ब्रान्डहरु डुल्ला, सोनम, नोभेम्बर, ब्ल्याक फरेस्ट, पपेट, केटिएम सिटी, कुपिड, रेड रिबन आदिका अथोराइज्ड आउटलेटहरु पनि छन् । चितवनमा विश्वस्तरीय सुविधा र विशेषतायुक्त एक्लो सपिङ कम्प्लेक्समा सुरक्षा गार्ड र सिसी क्यामेराले निगरानी गर्ने व्यवस्थित पार्किङ, व्यवस्थित शौचालयलगायत सुविधा छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार