Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनएमबि बैंकका स्मार्ट नारी बचतका ग्राहकले यी दुई सामान खरिद गर्दा विशेष छुट पाउने

एनएमबि बैंकका स्मार्ट नारी बचतका ग्राहकले यी दुई सामान खरिद गर्दा विशेष छुट पाउने

आर्थिक पत्र
बिहिवार, बैशाख १४ २०८०
  • काठमाडौं । एनएमबि बैंक लिमिटेडले सामसुङ HIM Electronics Pvt. Ltd. सँग सम्झौता गरेको छ । एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सम्झौता गरिएको हो । 

    ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र ईएनएमबी मोबाइल एप मार्फत भुक्तानी गर्दा थप एक हजार पाँच सय रुपैयाँसम्म छुट पाउनेछन ।

    यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने हो । यस अफर मार्फत, एनएमबि बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्नेछन् । यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ । यो अफर सीमित अवधिको लागि मान्य छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार