Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बहुराष्ट्रिय कम्पनी डाबरले नेपालमा ९ अर्ब लगानी थप्ने

बहुराष्ट्रिय कम्पनी डाबरले नेपालमा ९ अर्ब लगानी थप्ने

आर्थिक पत्र
शुक्रवार, बैशाख १५ २०८०
  • काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबरले नेपालमा थप ९ अर्ब ६८ करोड रुपैयाँ लगानीका लागि सम्झौता गरेको छ।

    सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका विजनेश हेड हरकितसिंह बेदीले हस्ताक्षर गरेका हुन्।

    कार्यक्रममा उद्योगमन्त्री रमेश रिजालको उपस्थिति थियो।

    उद्योगको क्षमता अभिवृद्धि गर्ने तथा विविधिकरणका उद्देश्यले बोर्डले थप लगानी स्वीकृत गरेको थियो। बोर्डको २०७८ माघ २५ गते बसेको ४९ बैठकले लगानी स्वीकृतको निर्णय गरेको थियो। बजार विस्तारका लागि कम्पनीले लगानी थप गरेको हो।

    डाबर नेपालका विजनेश हेड बेदीले नेपालमा आर्जित रकम यहीँ लगानी गरी पुँजी वृद्धि गर्न पाउँदा खुसी भएको बताए।

    त्यस्तै बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपालको थप लगानी गर्ने निर्णयले अन्य लगानीकर्ताको नेपालप्रति विश्वास र भरोसा बढाएको बताए। यसले व्यवसाय विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

    मन्त्री रिजालले डाबरको पुन: लगानीले अन्य लगानीकर्तालाई सकारात्मक सन्देश जाने बताए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार