Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिम्रिक एअरका तीनवटै हेलिकोप्टर ग्राउन्ड्रेड

सिम्रिक एअरका तीनवटै हेलिकोप्टर ग्राउन्ड्रेड

आर्थिक पत्र
आइतवार, बैशाख २४ २०८०
  • काठमाडौं । सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड भएका छन् । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको हो । 

    सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी तीनवटा हेलिकोप्टरलाई ग्राउन्डेड गराईएको हो । पछिल्लो एक महिनाको अवधिमा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बाँकी सबै हेलिकोप्टरलाई ग्राउन्डेड गराएको जनाएकाे छ । अब ती हेलिकोप्टर माथी सुरक्षा जाँच गरिने छ । 

    संखुवासभाको भोटखोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा 9NAJZ हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार