Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कोका–कोला बेभरेज नेपालको नयाँ वाटर स्टेवार्डशिप परियोजना

कोका–कोला बेभरेज नेपालको नयाँ वाटर स्टेवार्डशिप परियोजना

आर्थिक पत्र
मंगलवार, बैशाख २६ २०८०
  • काठमाडौं । वाटर स्टेवार्डसिपको एउटा हिस्साको रूपमा कोका–कोला बेभरेज नेपालले बालाजु पार्कको बाईसधाराको पुनरुत्थान, र वाश प्रणालीका साथै पोखरा र भरतपुरमा रेन वाटर हार्वेस्टिङ तथा र ग्राउन्ड वाटर रिचार्ज परियोजनाहरू सहित वर्ष २०२३–२०२४ का लागि ४ नयाँ परियोजनाहरू ल्याएको छ । यी पानी भण्डारण परियोजनाहरू कोका–कोलाको २०३० जल सुरक्षा रणनीतिप्रतिको बलियो प्रतिबद्धताको समर्थनमा पानीको पुनःपूर्तिको सन्दर्भ–आधारित दृष्टिकोण, स्मार्ट पानीका लागि नीतिहरूको वकालत, र हाम्रा सञ्चालन र आपूर्तिहरूमा जिम्मेवार पानीको प्रयोग मार्फत पानी सुरक्षा बढाउनमा केन्द्रित छन् ।

    कोका–कोला बेभरेज नेपालले वाटरएड नेपालको प्राविधिक सहयोगमा सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयूडी) सँग बाइसधारा–बालाजु पार्कमा रहेका सुकेका ढुङ्गे धाराहरूलाई पुन प्रयोगमा ल्याउन मद्दत गनर ग्राउन्ड वाटर रिचार्ज परियोजनाको लागि साझेदारी गरेको छ । परियोजनामा रिचार्ज ट्रेन्च (रेन गार्डेन), २१ वटा रिचार्ज इनार, ढलान संरक्षण र सतह÷ सतह भन्दा मुनि ड्रेनेजको काम समावेश छ । परियोजनाले वन र पार्क क्षेत्रबाट वार्षिक ३०,००० के.एल पानी पुनःपूर्ति गर्ने लक्ष्य राखेको छ जसले शहरी पानीको बढ्दो मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ । यस संयुक्त प्रयास मार्फत परियोजनाले परिधीय क्षेत्रहरूको भूजल तालिका कायम राख्न सहयोग पु¥याउन मात्र नभई द्रुत शहरीकरणका कारण समुदायहरूलाई तीव्र पानीको अभावको सामना गर्न मद्दत गर्न सक्ने पहलहरूका प्रकारहरूको बारेमा समुदाय र स्थानीय अधिकारीहरूलाई सचेत गराउन पनि मद्दत पुर्याउने छ ।

    वाटरएड नेपालकी कन्ट्री डाइरेक्टर, तृप्ति राईले भनिन्, “सबैका लागि खानेपानी र सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्ने दिगो विकासको लक्ष्य ६ को प्रतिबद्धता र लक्ष्यहरू पूरा गर्ने प्रगतिलाई गति दिन साझेदारी र सहकार्य आवश्यक छ । आविष्कारहरू र महत्वपूर्ण पहलहरू जस्तै कोका–कोला प्रणालीद्वारा वाटर स्टेवार्डसिपलाई ड्राइभ गर्ने समर्थनले हामीलाई हाम्रो लक्ष्यको नजिक पुग्न मद्दत पुर्याउने छ ।”

    सीआईयूडीका कार्यकारी निर्देशक सुदर्शन राजभण्डारीले भन्नुभयो, “ऋक्ष्ग्म् को मिशन नेपालमा जीवन्त, उत्पादनशील, सहभागितामूलक र दिगो सहरहरू स्थापना गर्न अत्याधुनिक विधि र प्रविधिहरूको प्रवर्द्धन र सहजीकरण गर्नु हो । समुदायहरूले आउने धेरै वर्षसम्म लाभान्वित हुने क्षेत्रहरूमा पानीको समस्याका समाधानहरू कार्यान्वयन गर्नका लागि हामीले कोका–कोला बेभरेज नेपालसँग साझेदारी गर्न पाउँदा निक्कै आभारी छौं ।”

    विद्यालयहरुमा स्वच्छ खानेपानी तथा हात धुने सुविधा प्रदान गर्न कम्पनीले यस वर्ष दुई छुट्टाछुट्टै परियोजनाका लागि स्प्लाश नेपालसँग साझेदारी गरेको छ । पहिलो परियोजना, पोखराको सैनिक आवासीय महाविद्यालयमा हुनेछ जहाँ खानेपानी र हात धुने स्टेशनहरू स्थापना गरिनुको साथै रेन वाटर हार्वेस्टिङ प्रणालीले १३०० भन्दा बढी विद्यार्थी, शिक्षक तथा आवासीय क्याम्पसमा बस्ने प्रशासनिक कर्मचारीहरूको करिब आधा जस्तो माग पुर्याउन सक्ने अनुमान गरिएको छ ।

    त्यसैगरी स्प्लाश नेपालसँगको अर्को परियोजना भरतपुरका ४ विभिन्न स्थानका चारवटा सामुदायिक विद्यालयमा वर्षाको पानी संकलन प्रणाली स्थापना गरि विद्यालय जाने बालबालिकालाई स्वच्छ खानेपानी उपलब्ध गराउने छ । काठमाडौंमा स्प्लास नेपालले बालाजु औद्योगिक क्षेत्रको चाइल्ड केयर फसिलिटी भित्र पिउने पानीको फिल्टर युनिट स्थापना गर्न मद्दत गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार