Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल एयरलाइन्सको जहाजमा पनि समस्या, भोजपुर जान लागेकोमा काठमाडौं फिर्ता

नेपाल एयरलाइन्सको जहाजमा पनि समस्या, भोजपुर जान लागेकोमा काठमाडौं फिर्ता

आर्थिक पत्र
बिहिवार, बैशाख २८ २०८०
  • काठमाडौं । नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएको छ । काठमाडौंबाट भोजपुर जाँदै गरेको एउटा जहाजको ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि बीचबाटै काठमाडौं फिर्ता गरिएको हो ।

    आज बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो । १६ जना यात्रु लिएर उडेको जहाज केहीसमयमै काठमाडौंमै अवतरण गराइएको थियो । 

    नाइन एन एबीटी कल साइन रहेको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार