Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

ठेकेदार कम्पनीलाई कुलमानको चेतावनी- काम गर्न सक्दैनौ भने छोडेर जाऊ

ठेकेदार कम्पनीलाई कुलमानको चेतावनी- काम गर्न सक्दैनौ भने छोडेर जाऊ

आर्थिक पत्र
आइतवार, जेठ १४ २०८०
  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौडाको थाना भर्‍याङमा ४०० केभी, २२० र १३२ केभी सवस्टेशन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई समयमै काम  नसके छाडेर जान निर्देशन दिएका छन्। 

    images

    शनिबार सवस्टेशनको स्थलगत अनुगमनमा पुगेका घिसिङले निर्माणमा प्रगति भएको नपाएपछि आक्रोशित हुँदै ठेकेदार कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएका हुन्।

    सवस्टेशन निर्माणको ठेक्का पाएको भारतीय कम्पनीहरू सिमेन्स लिमिटेड र टेल्टोम इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीलाई  घिसिङले निर्माणस्थलबाटै फोन गरेका थिए। फोन संवादमा उनले तोकिएको समयमा काम नभए  जरिवाना तिराउने चेतावनी दिँदै आइतबार काठमाडौं आएर छलफल गर्न निर्देशन दिए।

    'विगत दुई महिनामा केही काम गरेनौ, सबस्टेसनको निर्माण तत्काल सम्पन्न गरी पूर्व–पश्चिममा थप विद्युत् प्रवाहका लागि हामीलाई चाप छ, सबस्टेसन तत्काल सञ्चालन गर्न सकेनौं भने दैनिक रुपमा ४००–५०० मेगावाट विद्युत् खेर जान्छ, यसको सबै क्षतिपूर्ति तिराउँछौं,’ उनले चेतावनी दिंदै भने, ‘तुरुन्त काठमाडौ आएर संयुक्त बैठक गर, यदि काम गर्न सक्दैनौ भने छोडेर जाऊ।’

    घिसिङले गत फागुनको अन्तिम साता पनि सवस्टेशनको अनुगमन भ्रमणमा गरेका थिए। त्यतिबेला पनि सबस्टेसन निर्माणमा कुनै प्रगति नदेखिएपछि उनी आक्रोशित बनेका थिए।  ठेकेदार कम्पनीहरुले आगामी असारभित्र सबस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।

    तर, प्रतिबद्धता अनुसार काम भएका नपाएपछि  घिसिङले पुन ठेकेदार कम्पनीसँग आक्रोशित भएका हुन्।

    चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का टोडी बाँकी रहेको काम गर्न टेण्डरमार्फत सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५मा ठेक्का सम्झौता गरेको थियो।

    यही प्याकेजमा सुनसरीको इनरुवामा पनि २२० केभीको सबस्टेस निर्माण पनि राखिएको छ। कोभिड–१९को महामारीलगायतका कारणले प्रभावित भएपछि सबस्टेसनको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार