Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङ ग्यालेक्सी एफ५४ अब नेपाली बजारमा

सामसङ ग्यालेक्सी एफ५४ अब नेपाली बजारमा

आर्थिक पत्र
बुधवार, जेठ २४ २०८०
  • काठमाडौं । सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन फाईभ जीको साथ बजारमा लिएर आएको छ । कम्पनीको यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली छ जसमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्द छ । 

    ६.७” सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरुले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्छन् । ८ जीबी -याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ । 

    यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन्। यो बाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न दिन्छ ।  ग्यालेक्सी एफ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ । यसको अगाडी रहेको ३२ मेगा पिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइ क्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिन्छ ।

    अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ५४ निक्कै नै टिकाउ छ। उत्कृष्ट ६००० एमएएच  ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ। २५वाटको सुपर–फास्ट चर्जिंगले ३० मिनेटको चार्जमा नै पुरा दिन मोबाइल चल्नेछ । यति मात्र हैन, ४ जेनेरेसन सम्म ओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टीड सुरक्षा अपडेट पनि पाउनेछन् ।

    यसमा रहेको “भ्वाइस फोकस“ ले आसपासको आवाजहरुलाई कम गर्छ र भोइस वा भिडियो कलको बेला तपाईँको आवाजलाई स्पष्ट बनाउँछ। यसको प्रयोगले प्रयोगकर्ताहरूलाई धेरै आवाज हुने ठाउँहरुमा पनि स्पष्टताका साथ कलहरू गर्न दिन्छ।

    ग्यालेक्सी एफ ५४ २ आकर्षक रङहरूमा उपलब्ध छ – सिल्भर र निलो । यसको ८+२५६ जीबी भेरियन्ट रु.५२,४९९ को मूल्यमा बजारमा उपलब्ध छ । यो मोडल देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार