काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा संचालित आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडले रिक्त रहेका पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै पाँच पदमा ७ जना कर्मचारी माग गरेको हो ।
संस्थाले म्यानेजर, डेपुटी म्यानेजर, एसिस्टेन्ट म्यानेजर र अफिसर लगायतका पदहरुमा १ जनाका दरले कर्मचारी माग गरेको छ । साथै, संस्थाले जुनियर एसिस्टेन्ट पदमा ३ जना कर्मचारी मागेको छ । अनुभवि, क्षमतावात र लिडरसिप गर्ने सक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिने संस्थाले जनाएको छ ।
सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले प्लस टु देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हनुपर्ने संस्थाले जनाएको छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिन भित्र संस्थाको वेवसाइट https://www.rbbmbl.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।

