Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सिटिजन्स बैंकद्वारा संचालित सिबिल सेक्युरिटिजले खुलायो रोजगारको अवसर

सिटिजन्स बैंकद्वारा संचालित सिबिल सेक्युरिटिजले खुलायो रोजगारको अवसर

आर्थिक पत्र
आइतवार, जेठ २८ २०८०
  • काठमाडौं । सिटिजन्स बैंकद्वारा संचालित सिबिल सेक्युरिटिज लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै पाँच पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

    संस्थाले जुनियर अफिसर, सुपरभाईजर, ट्रेनि असिस्टेन्ट लगायतका पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । यसका साथै, संस्थाले चार्टेट अकाउन्टेन्ट (जुनियर अफिसर) र आईटी डिपार्टमेन्ट विभागमा असिस्टेन्ट पदमा एक जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेद्वारले स्नातक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    अनुभवी, क्षमतावान, डायनामिक र नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेद्वारलाई बढी प्राथमिकता प्रदान गरिने संस्थाले जनाएको छ ।

    इच्छुक उम्मेद्वारले कान्तिपुर जव म्यानेजमेन्टको वेवसाईट  https://kantipurjob.com/  मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार