Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

क्वालालम्पुरबाट भैरहवाका लागि उडान भर्दै नेपाल एयरलाइन्स

क्वालालम्पुरबाट भैरहवाका लागि उडान भर्दै नेपाल एयरलाइन्स

आर्थिक पत्र
सोमवार, जेठ २९ २०८०
  • काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाजले मलेसियाको क्वालालम्पुरबाट भैरहवाको उडान भर्ने भएको छ। 

    images

    नेपाल एयरलाइन्सको जहाजले पहिलोपटक क्वालालम्पुरबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्न लागेको हो। 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको जहाज क्वालालम्पुरबाट उडेर भैरहवामा ल्याण्ड हुने जानकारी दिएका छन्। 

    निगमको जहाज मंगलबार बिहान ७:४० बजे भैरहवामा ल्याण्ड हुने मन्त्री किरातीले जानकारी दिएका छन्। मन्त्री किरातीले निगमको पहिलो क्वालालम्पुर–भैरहवा उडानका यात्रुलाई स्वागत गर्न आफैं विमानस्थल जान लागेको जानकारी दिएका छन्।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार