Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपालमा एलिका ब्राण्डको पहिलो शोरुमको उद्घाटन

नेपालमा एलिका ब्राण्डको पहिलो शोरुमको उद्घाटन

आर्थिक पत्र
बिहिवार, श्रावण १८ २०८०
  • काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ  ब्रान्डसप काठमाडौँको टेकुमा खोलिएको छ । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रा.लि. का  प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सि. जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस. सि. साबुको उपस्थितिमा श्रावन १७ गते यो शोरुमको भब्य उद्घाटन भएको छ । एलिका ब्रान्डसपमा  एलिका ब्रान्डको  चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायत अन्य  विभिन्न घरायसी विधुतीय सामाग्रीहरु रहेका छन् । यस  एलिका ब्रान्डसप  टेकुको  मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।

    काठमाडौँको  स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन,  बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको छ । दक्ष्य तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ । यो शोरुम हप्ताको सातै दिन बिहान १०ः०० बजे देखि बेलुका ०७ः३० बजेसम्म खुल्ला रहने छ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नम्बर ०१–५९१४१७९, ५९१४३७९ हरुमा सम्पर्क गर्न सकिने कुराको जानकारी पनि गरिन्छ ।

    काठमाडौँको टेकुमा खोलिएको यस  एलिका ब्रान्डसप मा ओपेनिङ्ग को बिशेष छुट, ० प्रतिशत सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै विभिन्न सुविधाको पनि  व्यवस्था गरिएको छ । त्यसका साथै ग्राहक वर्गको आवश्यक्ता अनुसार निःशुल्क साइट भिजिटको पनि  व्यवस्था छ ।

    यो सँगै काठमाडौँको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप अब सि. जी. इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४ औं शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि कम्पनीले जानकारी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार