Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

“टोकला गोल्ड लिफ टी ब्याग” अब इन्भेलपमा

“टोकला गोल्ड लिफ टी ब्याग” अब इन्भेलपमा

आर्थिक पत्र
बुधवार, भाद्र ६ २०८०
  • काठमाडौँ । नेपालको चिरपरिचित चिया कम्पनी नेपाल चिया विकास निगम लि. ले बजारमा आफ्नो नयाँ उत्पादन ल्याएको छ । कम्पनीले टोकला चिया अन्तर्गत ८ वटा नयाँ फ्लेवर युक्त चिया “टोकला गोल्ड लिफ टी ब्याग” अब इन्भेलपमा ल्याएको हो ।

    images

    कम्पनीको अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ्ग सहित ८ वटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टरमेरिक जिन्जर तुलसी, टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी, टोकला गोल्ड लिफ टी गरी अलग अलग फ्लेवरयुक्त चिया बजारमा ल्याएको हो ।

    आफ्नै वगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्ष भन्दा बढी अनुभव बटुलेको कम्पनीले बजारको आवश्यकता र माग अनुसार उच्च गुणस्तरीय प्याकिङ्ग सहीत इन्भेलपमा ८ वटा स्वाद युक्त फ्लेवर चिया टी ब्यागमा ल्याएको जनाएको छ ।

    कम्पनीको अनुसार यो चिया भाटभटेनी, बीगमार्ट लगायतका नेपाल भरी चुनिएका केही प्रसिद्ध खुद्राबिक्रेता मार्फत बजारमा उपलब्ध गरिएको छ ।यी नयाँ फ्लेवरयुक्त टी ब्याग चियाको बजार मूल्य १६० रुपयाँदेखि २२५ रुपयाँसम्म निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार