Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

टीसीएलले ल्यायो 'सेलिब्रेट ग्रेटनेस' योजना

टीसीएलले ल्यायो 'सेलिब्रेट ग्रेटनेस' योजना

आर्थिक पत्र
शुक्रवार, भाद्र २९ २०८०
  • काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर  “सेलिब्रेट ग्रेटनेस“ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

    ग्राहकहरुले यो योजनाको लाभ भाद्र २६  गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन्। ग्राहकहरुले सेलिब्रेट ग्रेटनेस योजना अन्तर्गत टीसीएलको कुनै पनि टेलिभिजनको खरिदमा रु ४४,७०० सम्मको आकर्षक छुट पाउन सक्नेछन्। त्यस्तै वाशिङ मेसिन खरिदमा रु १४,४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन् । यसका साथै ग्राहकहरुले टीसीएलको सम्पूर्ण क्याटागोरीको  एयर कन्डिसनरको खरिदमा रु ५६,८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन्। र ग्राहकहरुले टीसीएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा रु ३१,८०० सम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजि इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्नेछन्। साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ। 

    त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले सिजि लोयल्टी क्लबको रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५५ सम्म छुट पाउनु सक्नेछन् । यी सुबिधाका लागि ग्राहकहरुले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।

    नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण  नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार