Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

द्रुत बस सेवा चलाउन काठमाडौंका सडकमा बनाउन थालियो डेडिकेटेड लेन

द्रुत बस सेवा चलाउन काठमाडौंका सडकमा बनाउन थालियो डेडिकेटेड लेन

आर्थिक पत्र
शुक्रवार, भाद्र २९ २०८०
  • सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन सुरू गरिएको छ। काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि रेड मार्क गर्न थालेको डिभिजन प्रमुख नारायण निहुँरेले बताए। 

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस, असोज ३ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए। लगत्तै सडक विभाग र यातायात व्यवस्था विभागले डेडिकेटेड लेन बनाउन थालेका थिए।

    यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बसहरू तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ। 

    तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ।

    यसअघि द्रुत बस सेवा १ असोजदेखि नै सञ्चालन गर्ने तयारी थियो। तर वर्षाका कारण  सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन। तर बिहीवार साँझदेखि लाइन बनाउन थालिएको छ। 

    विभागले दुई खण्ड बनाएर सडकको रेड मार्क थालेको छ।  रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाउन थालिएको  । 

    बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम धेरै हुनेभएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याएका हुन्। 

    यातायात व्यवस्था विभागका महानिर्देशकको सरूवा भएपछि द्रुत बस सेवा सञ्चालनमा नआउने हो कि भन्ने आशंका रहेको मन्त्री ज्वालाले बताए।

     ‘अब आशंका पाल्नुपर्दैन, ३ असोजबाट द्रुत बस सेवा सञ्चालनमा आउँछ,’ मन्त्री ज्वालाले भने। 

    अहिले बिहान र साँझ कार्यालयमा द्रुत बस सेवा सञ्चालन हुने भएको छ ।  बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार