काठमाडौं । चौधरी गु्रप अन्तर्गत मिनभवनमा रहेको एल. जी. ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ ।
नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एल. जी. ब्राण्डका घरायसी बिद्युत्यि सामाग्रीहरु जस्तै एलईडी टिभि, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध छन्।
राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एल. जी. ब्राण्डको पहिलो शोरुम हो । ग्राहकवर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरुबाट यहाँ भएका बिद्युतिय सामाग्रीहरुबारे जानकारी पनि लिन सक्नेछन् । यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहनेछ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नं. ०१–४१०६५३०/४१०६६५२ मा सम्पर्क गर्न सक्नेछन् ।
यस एल. जी. शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, ०% किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ । साथै प्रोडक्ट लाइभ डेमो, कुकिङ क्लास र प्रिपेन्टिभ मेन्टेनेनस् सर्भिसको पनि ब्यवस्था गरिएको छ ।

