Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन मन्त्रीपरिषद्‌को निर्देशन

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन मन्त्रीपरिषद्‌को निर्देशन

आर्थिक पत्र
आइतवार, आश्विन १४ २०८०
  • काठमाडौं । आज (आइतबार) बसेको मन्त्रीपरिषद्‌ बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै चर्को आलोचना भएपछि सरकारले मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो ।

    निगमले शनिबार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ, हवाइ इन्धनतर्फ आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

    सरकारले निर्देशन दिएसँगै निगमले पुरानै मूल्य निर्धारण गरी विज्ञप्ति निकाल्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार